अमेरिकी राष्ट्रपति बाराक ओबामा ट्वीटरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

अमेरिकी राष्ट्रपति बाराक ओबामा ट्वीटरमा



अमेरिकी राष्ट्रपति बाराक ओबामा अन्ततः सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो एकाउन्ट बनाएका छन् । । अमेरिकी राष्ट्रपति ओबामाले नेपाली समय अनुसार सोमबार राति ९ बजे आफ्नो ट्वीटर एकाउन्टमा पहिलो ट्वीट गरेका छन् ।

ओबामाको ट्वीटर ह्याण्डल @POTUS (प्रेसिडेन्ट अफ द युनाइटेड स्टेटेस) हो । ट्वीटर एकाउन्ट बनाएको १७ घण्टा भित्र ओबामालाई १६ लाख २० हजार जनाले फलो गरेका छन् भने ओबामाले ६५ जनालाई फलो गरेका छन् ।

उहाँले अहिलेसम्म तीन वटा ट्वीट गर्नु भएको छ । आफ्नो ट्वीटर एकाउन्टमा ओबामाले आफूलाई एक पिता, एक पति र अमेरिकाको ४४ औं राष्ट्रपतिको रुपमा चिनाएका छन् ।।

तर ओबामाको सन् २००७ देखि नै @BarackObama ह्याण्डलको ट्वीटर एकाउन्ट भने छ तर त्यो एकाउन्ट उहाँका कर्मचारीले चाउँदै आएका छन् ।

प्रकाशित : ५ जेष्ठ २०७२, मंगलवार १३:०७