सर्वसाधारणको बिमामा चासो र अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सर्वसाधारणको बिमामा चासो र अवसर



भोजराज शर्मा
भुकम्पले निम्त्याएको क्षतिमा बिमा क्षेत्रलार्ई पनि ठुलै क्षति पुग्यो । नेपालमा यदि त्यस्तो ठूलो भुकम्प आयो भने के हुन्छ भन्दा धेरै ठुलो नोक्सानी हुन्छ भन्ने अनुमान पहिलेनै गरिएको थियो । त्यसमा अहिलेको जुन नोक्सानी भइरहेको त्यसले बीमा क्षेत्रलाई खासै ठुलो घाटा पुगेको होइन तर पनि नेपालको सन्दर्भमा आउँदा जीवन बीमालाई भन्दापनि अहिले नीर्जिवन बीमालाई असर परेको देखिन्छ ।
अहिलेको जतिपनि दाबीहरु देखिएको छ, यसले केही समय त बीमा कम्पनीहरुको मुनाफामा पनि प्रभाव परिहाल्छ नै तर अहिले बीमा कम्पनीहरुलाई आफ्नो व्यवसाय तिब्र गतिमा बिस्तार गर्ने सुवर्ण अवसरपनि आएको छ ।

तर बिमा कम्पनीमा खराब स्थितीी आईहाल्छ भन्ने स्थिती चै छैन ।  अब बिमा कम्पनीहरु होसियार भएर अगाडी बढ्नु पर्छ । कमाएको सबै नाफामा नबाडौँ भन्ने पाठ पनि बिमा कम्पनीले धारणा बनाएर लैजानुपर्छ । बढी कमाए सबै बढ्ने हैन केही रिर्जभ पनि राखै । यसमा बिमा सञ्चालक र सरोकारवालाहरुले सचेत भएर लाग्नु पर्छ ।
अर्को कुरा भनेको सबै भन्दा बढी सुरक्षण दिने र बजारमा आफ्नो दायरा बढाउदै लैजानु पनि पर्ने आबश्यकता छ । अहिलेको अबस्थाले बिमा कम्पनीलाई मात्र दिएको छैन ।यसले आम सर्वसाधारणलाई पनि केही पैसा राखेर बिमा गनु पर्ने रैछ भन्ने चेतनाको विकास भने भएको छ । बिमा गरेकाले सुरक्षण पाए नगरेकाले पाएनन । बिमा भएकाले बासको पुनर्निमार्णमा तुरुन्तै लाग्न सहयोग पुग्यो । त्यस्तै बिमा नगरेकाहरुलाई हामीे पनि बिमा गरेको भए तुरुन्तै पुनर्निमार्णमा जुट्न सक्थ्यौ भन्ने कुराको पाठ सिकाएको छ ।
अहिले जुन सर्बसाधाणमा बिमा प्रति सर्बसाधारणको चासो बढेको छ । यसलार्ई बिमा कम्पनीहरुले अबसरको रुपमा लिन सक्नुपर्छ । हुन त यो दुखद अबस्थामा फाईदा लिेउ उठाउ भन्न खोजेको होइन।  बिमा गराउनेहरुको संख्या बढ्यो भने कम्पनीलाई फाइदाको कुरा त एक ठाउमा छ । यसले समग्र राष्टलाई फाइइदा हुन्छ । मान्छेको बीमालाई हेर्ने दृष्टिकोण बदलिएको छ । बीमा किन चाहियो भन्नेहरुले आज बीमा अपरिहार्य रहिछ भनेर बुझेका छन । अव बीमा कम्पनी, नियामक निकाय बीमा समिती, सरकार तथा बीमितहरुले पनि धेरै कुरा बुझ्नु पर्ने अवस्था आएको छ ।
अहिले जुन कुरा आएको छ  । यसलाई बिमा कम्पनी सर्बसाधारण र सरोकारवालाहरुले जिम्मेवार तरिकाले अबसरको रुपमा लिएर आफुलाई त फाइदा छदै छ राष्टलाई पनि फाइदा छ है भन्ने मानसिकताका साथ लाग्नु पर्छ भन्ने मेरो धारणा हो । बिमा गर्ने परिपाटी बसेको भएर राहतको रुपमा बाढ्नु पर्ने रकममा समेत केही कमी आउथ्यो । बिमा भएको भए उसलाई पाउनुपर्ने बिमाबाट रकम लिएर आफ्नै तरिकाले पुनर्निमार्णमा लाग्न सक्थ्यो ।
हाम्रो नेपालको सदर्भलाई हेर्ने हो भने भर्खरै बिमा सम्बन्धी चेतनाको विस्तार हुदै गएको थियो । सहर भन्दा बाहीर पनि बिमा कम्पनीहरु पुगेका थिए विगत दुई चार बर्ष यता यसले एउटा बजार लिने प्रयासमा थियो तर त्यसले व्यापकता भने लिन सकेको थिएन । ग्रामिण क्षेत्रलाई प्रथामिकता दिनु पर्छ । उपत्यका बाहिर पनि बिभिन्न कम्पनीहरुलाई गएर बिमाको व्यापक विस्तार गर भन्दै गर्दा सोच्दै नसोचेको विपती आयो ।हुन त अहिले पनि हेर्ने हो भने जहाँ बिमाका केही कामहरु भए ति क्षेत्रबाट गाईबस्तु, चौरीआदीको दाबी त परेको छ । तर केही मात्रामा आयो व्यापक मात्रामा आएन । यसबाट पनि हामीलाई सिकाएको पाठ भनेको ग्रामिण भेगमा अझै बढी विमाको प्रचार विस्तार र यसको चेतना आवश्यक रैछ है भन्ने कुराको देखाएको छ । यसलाई हामीले बेलैमा चिन्तन मनन् गरेर अगाडी बढ्नु पर्छ ।

यसका लागि हामीले माइक्रो इन्सोरेन्सलाई व्यापकता दिएर अगाडी बढ्नु पर्छ । अहिले धेरैमा बिमा कहा गर्ने कसरी गर्ने भन्ने कुरा थाहा नै नभएको अबस्था छ । बिमा गनुपर्छ त्यसका लागि के प्रकृया कहाँ छन् कम्पनी भन्ने चै थाहा नै नभएको अबस्था पनि मैले पाएको छु । अहिले भुकम्प पछिको कुरा मात्रै हाईन विपत त कुन हिसाबले आउछ भन्न सकिन्न ।

बिमा गर्नुपर्ने चेतनाको विकास भएर मात्र भएन  । बिमा क्षेत्रमा व्यवसाय गरेर बसेका कम्पनीहरुले आफै पनि सक्रिय भयो भने मात्र यो क्षेत्रमा व्यापकता आउन सक्छ । बिमा क्षेत्रमा लागेकाहरु घरघरमा नपुगेको अबस्था छैन । उनिहरु  नै घरघरमा पुगेर बिमा गराउने र बिमा के हो र यसको दिर्घकालिन फाईदाको बारेमा सर्वसाधारणलाई जानकारी दिनु पर्छ । यो बिमा कम्पनी चलाएर बसेकाहरुको दायित्व पनि हो भन्ने मलाई लाग्छ । पहिलो प्रथामिकता भनेको अब माईक्रो इन्सोरेन्सलाई व्यापकता दिनु पर्छ भन्ने नै हो । विकसीत देशहरुमा यसको व्यापक प्रयोग भएको् हामीले देख्न सक्छौँ ।
नीतिगततहमा काम गर्र्दा बीमा समिति आफ्नै स्रोत र साधनले भ्याएसम्म काम गर्दै गइराखेको छ । अब बिमा कम्पनीहरुको संख्यात्मक विकासको कुरा त अलग छ । अब काम गरेर देखाउने मौका हो । अब संख्यात्मक भन्दा पनि गुणात्मक हिसाबले लाग्नु पर्छ । कम्पनीको संख्या धेरै भएर काम लाग्दैन । अहिले जस्ते भएको नाफा कसरी बाडीचुडी खाने भन्ने प्रतिस्प्रर्धामै सिमित रहन सक्छ । त्यस कारण कम्पनीले गर्ने कामलाई पहिलो प्रथामिकतामा राखेर हेर्नु पर्छ । काम हेर्ने हो भने पनि नियामक निकायले सबैलाई एउटा दायरा भित्र ल्याएर काम गराउनु पर्छ । ठुला मध्यमलाई बिमाका योजनाहरु छदै छन् । अब बिपन्न वर्गमा पुग्न माईक्रो इन्सोरेन्सलाई जोड दिउ । अहिलेको मुख्य चुनौती भनेको बिमा शिक्षाको हो बिमा शिक्षालाई व्यापकता दिइनु पर्छ । अब भनेको हरेक घर घरमा विमा गर्ने बानी बसाल्न आवश्यक भएको छ । बिमा गर्दा हचुवाको भरमा र लहैलहैमा भन्दा पनि सोधेर एक कम्पनी र अर्को कम्पनीका नीति नियमका बारेमा क्रस गरेर र भएका नियम कानुनको बारेमा बुझेर मात्र बिमा गर्नु पर्छ । यस्तै बिमा कम्पनीहरुले पनि सानोतिनो कमीसनको पछि नलागेर जनतालाई बिमाको बारेमा भरपुर जानकारी दिएर मात्र बिमा गराउने काममा लग्नु पर्छ भन्ने मेरो सुझाव छ ।

 शर्मा बिमा विद हुनुहुन्छ
 साभारः बिजनेश प्लस पत्रिकाबाट

प्रकाशित : २२ मंसिर २०७२, मंगलवार ०१:२०