पूर्व अर्थमन्त्री पुनलाई उपचारार्थ थाइल्याण्ड लगियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूर्व अर्थमन्त्री पुनलाई उपचारार्थ थाइल्याण्ड लगियो



काठमाडौं ।

एकीकृत नेकपा(माओवादी)का सचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिएको छ ।

विगत केही समयदेखि वंशाणुगत कमलपित्त र कलेजो सुन्निने समस्याका कारण पीडित पुनको यसअघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले सचिव पुनको थप स्वास्थ्य उपचारका लागि आजै थाइल्याण्ड लगिएको जानकारी दिनुभयो । भारतको मेदान्त अस्पतालमा गरिएको उपचारपछि स्वास्थ्यमा केही सुधार भए पनि थप परीक्षण गर्नुपर्ने देखिएपछि उनलाई आज थाइल्याण्डको समितिभेज अस्पताल लगिएको प्रवक्ता शर्माले बताए ।

प्रकाशित : २१ मंसिर २०७२, सोमबार १६:०३