बुधबारका पत्रपत्रिकाहरुमा आर्थिक खबरहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुधबारका पत्रपत्रिकाहरुमा आर्थिक खबरहरु



बुधबारको कारोबार दैनिकले भुकम्पको क्षतिपुर्ति दावी अन्र्तगत बीमा कम्पनीहरुले ६ अर्बसम्म ब्यहोनुपर्ने समाचार प्रकाशन गरेको छ । प्रारम्भिक आँकलन अनुसार भुकम्पले बीमा क्षेत्रमा मात्रै २० अर्ब रुपैयामको क्षति पुगेको र बीमा कम्पनीहरुले कम्तिमा दुइृ अर्ब देखि ६ अर्बसम्मको दावी भुक्तानी गर्नूपर्ने अवस्था देखिएको सगरमाथा इृन्स्योरेन्सका प्रमुख कार्यकारी कृष्णबहादुर बस्नेतको भनाईसहित समाचारमा जनाईएको छ ।
कान्तिपुर दैनिकले भुकम्पपछिको पुनर्निमाण योजनामा झण्डै पाँच खर्ब रुपैयाँ लाग्ने आँकलनसहितको समाचार प्रकाशित गरेको छ । कान्तिपुरमा कृष्ण ज्ञवाली लेख्छन– योजना आयोगले भुकम्पपछिको पुनर्निमाण निम्ति कम्तिमा पाँच खर्ब रुपैया लाग्ने तीन बर्षे योजना तयार पादैछ । यो तत्काल राहत, पुर्नस्थापनासहित नयाँ संरचना निर्माण र बस्ति बिकास केन्द्रित हुने छ ।

कान्तिपुर दैनिकले नेपालका भुकम्पपीडितका लागि राहत सामाग्री लिएर ३३ वटा चिनियाँ ट्रक नेपाल आउन लागेको समाचार पनि छ । पहिलो भुकम्पपछि ल्हासाबाट हिडेका ती ट्रक पछिल्लो भुकम्पपछि लार्चेमा रोकिएकोमा नेपालतर्फको बाटो खुला भएपछि काठमाडौतर्फ हिडेका छन् । ल्हासास्थित महाबाणिज्य दुत हरि बस्यालका अनुसार ती ट्रकमा दश करोड रुपैयाँ बराबरका ब्ल्याङकेट, त्रिपाल, तन्ना र चामल छन् । ती सामाग्रीहरु तिब्बत सररकारले सहयोग स्वरुप प्रदान गरेको हो ।
त्यसैगरी हालैका भुकम्पहरुले विद्युत वितरण प्रणालीमा मात्रै दश अर्ब बराबरको क्षति गरेको र भुकम्पपछि राहत सामाग्रीइ आयातमा छुट दिईए पनि लक्ष्यको ७० प्रतिशत ्राजश्व उठेको समाचार पनि कान्तिपुरमा छ ।
नयाँ पत्रिका दैनिकले उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगले मूल्य अभिबृद्धि कर भ्याटको दायरा फराकिलो बनाउने सुझावसहितको प्रतिबेदन अर्थमन्त्रीलाई बुझाएको समाचार छापेको छ । आयोगले विभिन्न बस्तु तथा सेवामा दिददै आएको कर छुट सुविधा क मगर्न पनि सुझाव दिएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७२, बुधबार ०२:४७