झोलुङ्गे पुल निर्माण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

झोलुङ्गे पुल निर्माण



दाङ ।घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्न सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । झण्डै रु २४ लाखको लागतमा सो पुल निर्माण भएको हो ।

सेवा प्रतिष्ठान नामक संस्थाले जिम्मा लिएर बनाएको उक्त पुल सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

पुल निर्माण भएपछि वडा नं १३ का खानीगाउँ, कोलवन, मलार गाउँका १५० बढी घरधुरीका एक हजार ९५ जनालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिनुभयो ।

पुल नहँुदा त्यस भेगका बासिन्दालाई मुख्य सडकमा पुग्न धेरै हिँड्नुपर्ने र वर्षायाममा भेल आउँदा खोलापारि नै बास बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : १९ असार २०७५, मंगलवार १२:२८