घट्यो सुनचाँदीको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । साताको तेस्रो दिन आज सुन चाँदीको मूल्य घटेको छ । हिजोको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रति तोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रति तोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी आज चाँदी रु ७ सय ५५ मा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य रु ७ सय ६० रहेको थियो ।

प्रकाशित : १९ असार २०७५, मंगलवार १२:४०