यी अाठ कम्पनीको शेयर बजारमा आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

यी अाठ कम्पनीको शेयर बजारमा आउँदै



काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार महिनामा विभिन्न ८ वटा कम्पनीको हकप्रद शेयर, आईपीओ र एफपीओ स्वीकृत गरेको छ । आइएमई जनरल इस्योरेन्सको १० बराबरको ८ को अनुपातमा ४३ लाख २० हजार कित्ता र प्रेगेसिभ फाइनान्सको १ बराबर २ दशमलव ८१ को अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डले स्वीकृत दिएको छ ।

त्यस्तै बोर्डले माउन्टेन हाइड्रोपावर नेपालले स्थानीय बासिन्दाका लागि १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न बोर्डले स्वीकृत गरेको छ । सो आईपीओ असार २२ गतेबाट निष्काशन हुने भएको छ ।
त्यसैगरी घलेम्दी हाइड्रोको स्थानीय बासिन्दाका लागि ५ लाख ५५ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । सो आईपीओ पनि असार २२ गतेदेखि नै निष्काशन हुने भएको छ ।

शुभम् सिमेन्टले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट स्वीकृति पाइसकेको छ । त्यस्तै पञ्जकन्या माई हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि आईपीओ ११ लाख कित्ता र युनियन हाइड्रोपावर कम्पनीको स्थानीय बासिन्दाको लागि आईपीओ ६ लाख ३३ हजार ७ सय ४५ कित्ता शेयर निष्काशन गर्न बोर्डबाट स्वीकृत पाएको छ ।

नेपाल बैंकले पनि असार महिनामा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ बोर्डबाट स्वीकृत भई असार १५ गतेदखि निष्काशन पनि भएको छ । त्यस्तै नाडेप लघुवित्तको आईपीओपनि असार महिनामा नै जारी भएको थियो ।

प्रकाशित : १९ असार २०७५, मंगलवार १२:४७