एनआईसी एशियाले २० शाखाहरुमा बढायो बैंकिङ्ग कारोबार समय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशियाले २० शाखाहरुमा बढायो बैंकिङ्ग कारोबार समय



काठमाडाैँ । एनआईसी एशिया बैंकले ग्राहकहरुको हित र बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने उद्देश्य साथ आषाढ १९ गते मंगलबारदेखि २० शाखाहरुबाट प्रदान गर्ने बैंकिङ्ग सेवाको समयावधि थप गरेको छ ।

बैंकले कर्पोरेट कार्यालय थापाथली सहित काठमाडौंका ९ शाखा, ललितपुरको एक शाखा र मोफसलका १० शाखा कार्यालय गरि २० शाखाहरुबाट आइतबारदेखि विहिबारसम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्ने भएको हो ।

११ लाख ७५ हजार ग्राहक संख्या रहेको बैंकका ग्राहकहरुले बैंकिङ्ग समयको वृद्धिबाट थप सहज र सुलभ तबरबाट सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ । बैंकिङ्ग कारोबारको समय बिस्तार गरिएको शाखाहरु यसप्रकार रहेका छन् :-

शाखा कार्यालय र ठेगाना
१ त्रिपुरेश्वर त्रिपुरेश्वर, काठमाण्डौं
२ महाराजगंज महाराजगंज, काठमाण्डौं
३ सामाखुसी सामाखुसी, काठमाण्डौं
४ नयाँ बानेश्वर नयाँ बानेश्वर, काठमाण्डौं
५ पुल्चोक पुल्चोक, ललितपुर
६ कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
७ ठमेल ठमेल, काठमाण्डौं
८ न्युरोड, बिशाल बजार न्युरोड, बिशाल बजार, काठमाण्डौं
९ न्युरोड, खिचापोखरी न्युरोड, खिचापोखरी, काठमाण्डौं
१० कमलादी कमलादी, काठमाण्डौं
११ नारायणगढ नारायणगढ, चितवन
१२ वीरगंज वीरगंज, पर्सा
१३ पोखरा महेन्द्रपुल, कास्की
१४ धरान धरान, सुनसरी
१५ बिराटनगर बिराटनगर मेनरोड, मोरङ्ग
१६ इटहरी इटहरी, सुनसरी
१७ बुटवल बुटवल, रुपन्देही
१८ दमक दमक, झापा
१९ बिर्तामोड बिर्तामोड, झापा
२० नेपालगञ्ज नेपालगञ्ज, बाँके

बैंकको वासलातको आकार १७५ अर्ब भन्दा बढि पुगेको छ भने एक खर्ब ५० अर्ब निक्षेप संकलन तथा एक खर्ब १९ अर्बको कर्जा प्रवाह गरेर बैंकले निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको जनाएको छ ।

देशभरी बैंकको २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई सञ्चालनमा रहेका छन् । बैंकिङ्ग सेवा प्रदान गर्ने हिसाबले एनआईसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित : १९ असार २०७५, मंगलवार १३:३१