चिडियाखानाको गोही सफा बन्दै



ललितपुर। सदर चिडियाखानामा रहेको गोही आगन्तुकले अब सफा देख्न पाउने भएका छन् ।

स्वचालित साधनको प्रयोग गरेर गोही सफा बनाउन लागिएको चिडियाखानाले जनाएको छ । स्वचालित यन्त्रले खोर सफा गर्नेसँगै अक्सिजनको मात्रा बढाउने सहायक निरीक्षक गणेश कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो,“पानीको फोहोरा माथिबाट खस्दा पानीमा अक्सिजनको मात्रा समेत बढ्नेछ । खोर सफा हुँदा आगन्तुक थप आकर्षित हुन्छन् । ”

खोरमा स्वचालित यन्त्र जडान गर्ने काम यही आर्थिक वर्षदेखि शुरु भएको हो । काम झण्डै अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “दुई चार दिनमा नै त्यो सञ्चालनमा आउनेछ ।”

चिडियाखानामा रहेका जनावरमध्ये गोही फोहोरी जनावर मानिन्थ्यो । यसअघि खोर नजीक जाँदा गोही हिलामा डुबेको देखिन्थ्यो । उहाँले भन्नुभयो, “यसले गर्दा गोही जुनसुकै समयमा सफा भइरहनेछ ।”

राणाकालमा बनेको चिडियाखानामा वर्षेनी सुधार र मर्मतका काम भइरहेका छन् । कतिपय खोरको मर्मत वा पुनःनिर्माण र कतिको क्षेत्रफल बढाउने जस्ता काम भइरहेका छन् । बाइस वर्ष पहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाको जिम्मेवारी लिएयता वर्षेनी सुधारका काम गरिरहेको हो । चिडियाखानामा अहिले एक सय २४ प्रजातिका आठ सय ३७ जनावर छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ

सेयर बजारको उकालो यात्रा कायमै

काठमाडाैं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५

प्रकाशित मिति २०७८ असार १ देखि