विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान



काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पार्टीले बाढी र पहिराबाट पीडित जनतालाई राहत वितरणका लागि रकम संकलन गर्न विपद् व्यवस्थापन कोषको निर्माण गरेको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले सो कोषमा सहायताका लागि आग्रह गर्दै क्षतिग्रस्त स्थानमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकार, प्रशासन र सबै तहका स्थानीय निकायसित विज्ञप्तिमार्फत माग गर्नुभएको छ ।

वर्षाबाट पहाड र तराईमा हुने विपत्तिका लागि पूर्वसतर्कता अपनाउन र भौतिकव्यवस्था गर्न आग्रह गरिएको छ । भूकम्प, बाढी, पहिरो वा आगलागीपीडितलाई गर्न देशभित्र र भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीबाट करीब रु ८१ लाख बराबरको सहयोग प्राप्त भएको छ ।

प्रकाशित : १९ असार २०७५, मंगलवार १६:०७