विद्युत् सेवा नियमित नहुँदा सेवाग्रही मारमा



वीरगञ्ज । विद्युत् सेवा नियमित नहँुदा यहाँका सेवाग्रही मारमा परेका छन् ।

प्रत्येक पाँचदेखि १० मिनेटमा विद्युत् जाने गरेको र भोल्टेज घटबढ हुनेगरेका कारण कम्प्युटर, ल्यापटप, बल्ब जस्ता उपकरणमा असरपर्ने गरेको तथा कतिपयको इन्र्भटरसमेत चार्ज हुन नसकेकाले यसको प्रत्यक्ष असर सञ्चारकर्मीलाई पर्न गएको छ ।

एउटा समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई घण्टांै लाग्ने गरेको, समयमा पत्रपत्रिका प्रकाशन गर्न समस्या हुने गरेको गुनासो गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले छिनछिनमा विद्युत् जानुको कारण कम्प्युटर लगायतका उपकरण बिग्रिनु, इन्र्भटर चार्ज नहुनु जस्ता समस्या रहेको बताउनुभयो ।

उहाँले जिम्मेवार निकाय गैरजिम्मेवार भएपछि यसको प्रत्यक्ष असर आम सेवाग्रहीलाई मात्र नभएर सबै भन्दा बढी सञ्चार क्षेत्र प्रभावित भएको बताउनुभयो ।

यस समबन्धमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख मनिन्द्र ठाकुरले सेवाको गुणस्तरीयता कायम राख्न हामी प्रयत्नशील छौं भन्नुभयो ।
यो समस्या कहिलेसम्म समाधान हुनेबारे उहाँले ठोस् जवाफ दिन सक्नुभएन ।

पुरानो ट्रान्सफर, पुरानो तथा खिया लागेका तारका कारण यस्तो स्थीति आएको केन्द्रका एक कर्मचारीले बताउनुभयो ।

विद्युत् समस्या खेपिरहेका सेवाग्रही तथा सञ्चार माध्यमका प्रतिनिधिले यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने तर्फ सम्बन्धित् निकाय गम्भीर हुनुपर्ने माग गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा

कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ

प्रकाशित मिति २०७८ असार १ देखि