काँग्रेस नेतृत्वकाे सरकारले गरेका राजनीति नियुक्ति खारेज,को को परे खारेजीमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

काँग्रेस नेतृत्वकाे सरकारले गरेका राजनीति नियुक्ति खारेज,को को परे खारेजीमा ?



काठमाडाै । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन काँग्रेस सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बुधबार बेलुका बसेको मन्त्री परिषद बैठकले २०७४ साल भदौ १४ गते पछि ओली सरकार गठन हँदासम्मका नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, पुनरनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषाल लगायतको नियुक्ति खारेज भएको छ । त्यसै गरि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतमा बिष्णुबाबु मिश्र, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको नियुक्ति पनि खारेजीमा परेको छ ।

 

चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत लगायतको नियुक्ति पनि बदर गरेको छ ।

प्रकाशित : २१ असार २०७५, बिहीबार १०:५२