आफ्ना शेयर सदस्यको निःशुल्क उपचार गर्दै सहारा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आफ्ना शेयर सदस्यको निःशुल्क उपचार गर्दै सहारा



सुरुङ्गा /  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ४४५ जनाको निःशुल्क उपचार गरेको छ । आफ्ना शेयर सदस्यको निःशुल्क औषधिउपचार गर्ने मुख्य उद्देश्यसहित सहकारीले सञ्चालन गरेको जीवन बरदान कार्यक्रमअन्तर्गत उनीहरुको निःशुल्क औषधि उपचार गरेको हो ।

सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीका अनुसार सहकारीको आर्थिक वर्ष २०७४÷७५ मा रु ७२ लाख सात हजार खर्च भएको छ । दुईवटा आयुर्वेद औषधालयसहित ३३ वटा अस्पतालबाट सहकारीले उक्त सेवा प्रदान गर्दै आएको छ । सहकारीका शेयर सदस्य बिरामी परे शल्यक्रिया, एनएसथेसिया पोष्टअप÷एचडियू, आइसियु÷एनआइसियूसम्मको खर्च सहकारीले व्यहोर्ने गरेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताउनुभयो ।

फेमली हेल्थ नेपालको प्राविधिक सहयोगमा सहकारीले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमबाट प्रदेश नं १ का सहाराका सम्पूर्ण शेयर सदस्य लाभान्वित भएका छन् । सहकारीले आगामी २०८० सालदेखि सम्पूर्ण शेयर सदस्यको निःशुल्क स्वास्थ्य उपचार गर्ने लक्ष्य लिएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।

सहकारीमा एक लाख ३० हजार ८०१ शेयर सदस्य छन् । संस्थाको कूल सम्पति दायित्व रु छ अर्ब ७९ करोड ३९ लाख २१ हजार रहेको सहकारीका अध्यक्ष सञ्जेलले बताउनुभयो । सहकारीले सञ्जीवनी कार्यक्रमसमेत सञ्चालन गर्दैआएको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई रक्तचाप र मधुमेहको औषधिमा ५० प्रतिशत छुट दिँदै आएको छ । “यस वर्षबाट थाइराइडको समेत औषधि उपलब्ध गराउँछौँ,” गिरीले भन्नुभयो । आगामी दिनमा संस्थाले १० वटा जटिल रोगको औषधिमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

प्रकाशित : २१ असार २०७५, बिहीबार १३:३९