विग मर्जरका लागि अहिले उपयुक्त समय हैनः नरबहादुर थापा



काठमाडाै । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै थापाले आठ प्रतिशतको वृद्धिदर हासिल गर्न कुनै समस्या नरहेको बताए । ‘दुई वर्षदेखि मुलुकले निरन्तर छ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ,’ उनले भने, ‘यसपाली १२।१३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अवस्था रहेको छ ।’

आर्थिक वृद्धिको सम्भावना हुँदाहुँदै पनि यो वृद्धिदर कायम राख्ने चुनौति भने थपिएको थापाले बताए । त्यस्तै, वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने, व्यापार घाटा कम गर्ने लगायतका चुनौतीहरु पनि रहेको उनले बताए । कर्जा आपूर्तिको तुलनामा माग बढि भएका कारण देखिएको तरलता एवम् व्याजदरको समस्या समाधान गर्नुपर्ने चुनौति पनि राष्ट्र बैंक सामू रहेको उनले उल्लेख गरे ।

मौद्रिक नीतिमा विग मर्जरको विषय भने नसमेटिने भएको छ । थापाले विग मर्जरका लागि अहिले उपयुक्त समय नभएको बताए । अहिले राष्ट्र बैंकको ध्यान पुँजीवृद्धि योजनालाई व्यवस्थित रुपमा समापन गर्नेतर्फ मात्रै भएको बताउँदै उनले यसपालीको मौद्रिक नीतिमा बिग मर्जरको विषय नसमेटिने प्रष्ट पारे ।

 

 

प्रतिक्रिया दिनुहोस
‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

मेगा बैंकको सेवा अब नागरिक एपमा पनि पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशका

उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने

विराटनगर ।। उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई

प्रकाशित मिति २०७८ असार १ देखि