जनता बैंकको आयोजनामा जुम्लामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर



काठमाडौ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ ।

संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँपालिकामा यहि २०७५ आषाढ १६, १७ र १८ गते बृहत स्वास्थ्य शिविर संचालन गरिएको हो ।

तातोपानी गाउँपालिकामा यहि २०७५ बैशाख देखि जनता बैंकको शाखा संचालनमा रहेको छ । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

आँखा परिक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा कूल ११४५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

जसमा करिव १००० जनाको आँखा परिक्षण गरिएकोमा १०० जना भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको थियो । सो मध्ये मोतिबिन्दुले ग्रस्त भइ सकेका ४९ जना विरामीको निःशुल्क अपरेशन गरिएको थियो साथै विरामीहरुलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो । विरामीहरुको विपन्न आर्थिक अवस्थालाई मध्ये नजर गरी अपरेशन गरेका विरामी तथा कुरुवाको लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकलेनै गरिदिएको थियो ।

सोही अवसरमा जनता बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न प्रकारका रु. ५० हजार मूल्य वरावरको औषधि हस्तान्तरण गरियो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने मार्फत तातोपानी शाखाका शाखा प्रबन्धक  बिनोदकुमार आचार्यले उक्त औषधिहरु हस्तान्तरण गर्नुभएको थयो ।

औषधि हस्तान्तरणको अवसरमा गाउँपालिकाका अध्यक्ष  न्यौपानेले ८ वडामा विभाजित गाउँपालिकाका अन्य वडाहरुमा पनि आँखा सम्बन्धि समस्या रहेकोले वडा स्तरमा पनि आँखा शिविर संचालनको लागि अनुरोध गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठलाई नियुक्त

प्रभु क्यापिटलद्वारा ‘समर डिम्याट स्किम’ सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न वरिष्ठ उपाध्यक्ष ढकालको सरकारलाई आग्रह

चरिकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट

प्रकाशित मिति २०७८ असार १ देखि