नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा निजगढमा स्थानान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा निजगढमा स्थानान्तरण



काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बाराको निजगढ नगरपालिका स्थित निजगढ बजारमा शाखा खोलेको छ । पर्साको विरगञ्ज लिंकरोडमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.( साबिकको एस डेभलपमेण्ट बैकं लि.) स्थित शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको हो ।

२५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । महेन्द्र राजमागअन्तर्गत पथलैया र चन्द्रनिगाहपुरको बिचमा पर्ने निजगढलाइ सरकारले स्मार्ट सिटी बनाउने भनिएको क्षेत्र पनि हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र निजी क्षेत्रको बैंक रहेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको छ ।

प्रकाशित : २१ असार २०७५, बिहीबार १५:०२