उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ३६ दशमलव ०१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६८ कम्पनीको १२ लाख १ हजार ४ सय ३३ कित्त सेयर बाट ४६ करोड २० लाख १८ हजार ६ सय ३० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ३ सय २२ दशमलव ४३ अंकले उकालोे लागेको छ । आज लघुवित्त समुह ८५ दशमलव ९ अंकले,होटल समुह ५८ दशमलव ६ अंकले,जलविधुत समुह ५२ दशमलव ०२ अंकले, विकास बैँक समुह ३७ दशमलव २८ अंकले, बैँक समुह २६ दशमलव ७७ अंकले,फाइनान्स समुह ८ दशमलव ७८ अंकले र अन्य समुह ८ दशमलव ४८ अंकले उकालो लागेकोछ ।
आज उतपादनमुलक समुह ३७ दशमलव ३४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २१ असार २०७५, बिहीबार १५:१२