गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार पक्राउ



काठमाडौँ /  महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले होटल, रेष्टुराँ र डान्सबारमा गई रकम असुल्ने तथा झैँझगडा गर्ने गरेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

नागढुंगाबाट लागुऔषधसहित दुई पक्राउ 

परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९० नंको यात्रुवाहक बसको जाँचका क्रममा लागुऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका निराजन पराजुलीलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट २४ एम्पुल नुर्फिन, २४ एम्पुल फेनार्गन र २४ एम्पुल डाइजेल्याब बरामद गरेको छ ।

प्रकाशित : २१ असार २०७५, बिहीबार १६:१८