घलेम्दी हाइड्रोपावरकाे आइपीओ निश्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घलेम्दी हाइड्रोपावरकाे आइपीओ निश्कासन



काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज(असार २२ गते)देखि आइपीओ निश्कासन गरेको छ ।

यो कम्पनीले आयोजना प्रभावित म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

इच्छुक स्थानीयले न्यूनतम ५० देखि ६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछ ।

आइपीओमा साउन ४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । इच्छुक स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम २७५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डले यो कम्पनीलाई पहिलो चरणमा कम्पनीको चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ५ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो ।

आयोजनाले कम्तीमा ३ वर्षसम्म सेयर खरीदबिक्री गर्न नपाउने शर्तसहित स्थानीयलाई सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमीटेड रहेको छ ।

स्थानीय सर्वसाधारणले बेनीस्थित ग्लोबल आइएमई बैंक, प्रभू बैंक, पोखरेबगरस्थित गरिमा विकास बैंक र बेनीस्थित माछापुच्छे बैंकको शाखामा गएर सेयर खरीदका लागि दरखास्त दिनसक्नेछन् ।

इक्रा नेपालले घलेम्दीको आइपीओलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । जसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

घलेम्दीले स्थानीयपछि सर्वसाधारणका लागि २० प्रतिशतले हुन आउने ११ करोड बराबरको आइपीओ निश्कासन गर्नेछ । त्यसपछि कम्पनीको चुक्तापूँजी ५५ करोडको उचाईमा पुग्नेछ ।

घलेम्दी हाइड्रोपावरले म्याग्दीको नरच्याङ गाउँपालिका वडानम्बर ७ मा ४ मेगावाट क्षमताको आयोजना निर्माण गर्दैछ ।

 

प्रकाशित : २२ असार २०७५, शुक्रबार ११:४१