नेप्सेमा ५ दशमलव ५१ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ५ दशमलव ५१ अंकको गिरावट



काठमाडौं। साताको अन्तिम दिन आज बिहिबार नेप्से ५ दशमलव ५१ अंकले घटेर १ हजार १ सय १० दशमलव ६८ को बिन्दुमा कारोबार बन्द भएको छ । ‘क’ वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि शुन्य दशमलव ५७ अंकको गिरावट आई २ सय ३७ दशमलव ९४ को बिन्दुमा कारोबार बन्द भएको छ ।

आज १ सय २३ वटा कम्पनीहरुको ३ हजार २ सय ८० वटा कारोबारबाट ५ लाख १७ हजार ५ सय ८४ वटा कित्ता शेयर खरिद बिक्रि भएको छ । ४२ करोड ४ लाख ८४ हजार ५ सय ३६ रुपैयाँ बराबरको आज नेप्से बजारमा कारोबार भएको छ ।

कारोबार रकमको आधारमा चिल्लिमे हाइड्रोपावर कम्पनी लिमिटेडको अग्रस्थानमा रहेको छ जसको ४ करोड ३० लाख ४१ हजार ७ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज लक्ष्मी लघुवित्त बित्तिय संस्थाका लगानीकर्ताहरुले आफ्नो शेयरको मुल्यमा अत्याधिक यानी १० प्रतिशतले कमाएका छन् । त्यसैगरी नेरुडे लघुवित्त बिकास बैंकको ९ दशमलव ९९ प्रतिशतले, आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशतले, मिथिला लघुवित्त बिकास बैंकको ९ दशमलव ९६ प्रतिशतले, मिर्मिरे माइक्रोपÞmाइनान्स डेभलपमेन्ट बैंकको ९ दशमलव ९५ प्रतिशतले, विजय लघुवित्त बिकास बैंकको ९ दशमलव ९२ प्रतिशतले र जनउत्थान समुदाय लघुवित्त बिकास बैंकको ९ दशमलव ७९ प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

आज सवाधिक मुल्यमा नेपाल ग्रामीण बिकास बैंकले गुमाएको छ । ८ दशमलव ९३ प्रतिशतले उक्त बैंकको मुल्यमा भारी गिरावट आएको छ । साथ साथै अरुण फाइनान्स लिमिटेडको ८ दशमलव १३९ प्रतिशतले, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको ७ दशमलव ७१ प्रतिशतले र मालिका बिकास बैंकको ५ दशमलव ६३ प्रतिशतले मुल्यमा गिरावट आएको छ ।

प्रकाशित : २ पुष २०७२, बिहीबार १५:३१