सनराइज बैंकले शुरु गर्यो सुरक्षित अनलाइन कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सनराइज बैंकले शुरु गर्यो सुरक्षित अनलाइन कारोबार



काठमाडौं । सनराइज बैंकले भिसासँग सहकार्य गर्दै भेरिफाइड बाई भिसा(भीबीभी) सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकलाई उच्च सेवा प्रदान गर्ने तथा विद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा उक्त सेवाको शुरुवात गरेको हो ।

भीबीभी सेवा मार्फत भिसा डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने छ । यस सेवामार्फत ग्राहकले सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी (अनलाईन पर्चेज/इकमर्श) गर्दा बैंकमा दर्ता गरिएको मोबाइल तथा ईमेलमा वान टाइम पासवर्ड(ओटीपी) प्राप्त गर्नेछन् । त्यसपछि सोहि ओटीपी मार्फत मात्र कारोबार सफल हुनेछ जसबाट कारोबार गर्ने व्यक्ति वैध हुन् भन्ने पुष्टि हुने बैंकले जनाएको छ ।

यस बैंकको कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा भीबीभी सेवा संचालनका लागि ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै, यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

हाल बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २२ असार २०७५, शुक्रबार १५:५०