देबी भट्टचनले डिश छाडे, अध्यक्षमा ढकाल अाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

देबी भट्टचनले डिश छाडे, अध्यक्षमा ढकाल अाए



काठमाडौं । डिश मिडिया नेटवर्कका अध्यक्ष देबीप्रकाश भट्टचनले राजीनामा गरेका छन् । उनले प्रभु टेलिभिजन ल्याएपछि डिस मिडियाको अध्यक्ष तथा संचालक समिति पदबाट राजीनामा गरेका हुन् ।

भट्टचनले दिएको राजीनामा डिश मिडियाको असार २१ गत बसेको संचालक समिति बैठकले स्वीकृत गरेको डिश मिडिया नेटवर्कले जानकारी दिएको छ ।

संचालक समितिको वैठकले देवी प्रकाश भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिनु भएको राजिनामा स्वीकृत गरि उहाँले यस कम्पनीको उल्लेख्य प्रगतिमा पुर्याउनु भएको योगदानलाई उच्च मुल्याङक्न गर्दै धन्यवाद ज्ञापन गरेको छ,’ नेटवर्कले विज्ञप्ति जारी गर्दै भनेको छ ।

सोही वैठकले सुदिप आचार्यलाई संचालकमा नियुक्त गरेको छ । संचालकहरुको सर्व सम्मतिमा संचालक हेमराज ढकाललाई संचालक समितिको अध्यक्षमा र सञ्चालक सुदिप आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको छ ।

अध्यक्ष ढकाल आइएमइ समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध छन् भने प्रवन्ध निर्देशक आचार्य डिश मिडिायकै प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमीे हुन् ।

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) नेपालको पे टिभी इन्डष्ट्रीमा काम गरिरहेको सबैभन्दा सफल र ठुलो कम्पनी भएको उसको दाबी छ । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ ।

प्रकाशित : २२ असार २०७५, शुक्रबार १५:५७