सशस्त्र प्रहरी प्रमुखलाई निलम्बन गर्न अख्तियारको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सशस्त्र प्रहरी प्रमुखलाई निलम्बन गर्न अख्तियारको निर्देशन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ । ढुवानी सम्बन्धी अनियमितता गरेको आरोपमा वन्तमाथि छानविन भइरहेकाले उनको निलम्बनका गर्न सरकारलाई आयोगले सिफारिस गरेको हो ।

उनले सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाएर करोडौं भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ का लागि खरिद गरिएको सामान भन्दा बढी देखाएर झुटो बिल तथा पत्रहरु तयार गरेको र ढुवानीकर्ता सदाज्योती सप्लायर्ससँग मिलेमतो गरी आर्थिक अनियमिता गरेको अभिययोग छ । वन्तसँगै सशस्त्र प्रहरीका डिएसपीद्वय सुमनजंग थापा र रामकृष्ण महर्जन र इन्सपेक्टर बीनबहादुर थापालाई पनि निलम्बनको अख्तियारले सिफारिस गरेको छ ।

उनीहरुलाई आजैको मितिबाट निलम्बन गरी ७ दिन भित्र आयोगमा उपस्थित गराउन पत्राचार गरिएको अख्तियार स्रोतले जनाएको छ ।

प्रकाशित : २ पुष २०७२, बिहीबार १५:३३