धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकार सम्मानित हुँदै



काँकडभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ ।
आगामी असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना हुने कार्यक्रममा
आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित रु एक लाख एक हजार, राशिको ‘भानु पुरस्कार’ धुर्मुस–सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी कृष्ण–पवित्रा उप्रेती प्रष्ठिानद्वारा स्थापित रु २५ हजार राशिको ‘धनमाया–देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका क्षेत्रीय सम्पादक राजु अधिकारीलाई, हेमराज–मेदनी खरेल प्रतिष्ठानबाट प्रदान गरिने रु २५ हजार राशिको ‘साहित्यिक पुरस्कार’ प्रगतिशील लेखक संघका झापा अध्यक्ष राजेन्द्र सङ्ग्रौलालाई र रु १५ हजार राशिको ‘भानु प्रतिभा पुरस्कार’ जनजाति सीमान्तकृत जेठा मुर्मुलाई गरिने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

प्रकाशित मिति २०७८ असार १ देखि