सामुदायिक वनमा हात्ती र डाइनोसरको प्रतिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामुदायिक वनमा हात्ती र डाइनोसरको प्रतिमा



काँकडभिट्टा। पर्यटकको आकर्षणका लागि झापाको मेचीनगरपालिका वडा नं ९ स्थित थोप्लेविरान सामुदायिक वन समूहले उक्त बनमा रु १० लाखको लागतमा हात्ती र डाइनोसरको कलात्मक प्रतिमा राखेको छ ।

वन परिसरलाई पर्यटकीय गन्तव्य बनाउन हात्ती र डाइनोसरको फाइबरको प्रतिमा बनाइएको वन समूहका अध्यक्ष कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

सो कार्यका लागि करीब रु २५ लाख खर्च भइसकेको र यस्मा मेचीनगर नगरपालिकाले ७० प्रतिशत र वन समूहले ३० प्रतिशत खर्च व्यहोरेको पिकनिकस्थलमा विद्युत् तथा खानेपानीको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो ।
सुनसरीको जयलक्ष्मी फाइवर उद्योगमा नेपाली प्राविधिकले नै एक महिना लगाएर सो प्रतिमा निर्माण गरेको हुन् ।

प्रकाशित : २४ असार २०७५, आईतवार १४:५२