झिनो अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

झिनो अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से झिनो अंकले ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ०२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छ । आज कारोबारमा आएको १६८ कम्पनीको १२ लाख ४१ हजार ६ सय ३१ कित्त सेयर बाट ४८ करोड २३ लाख ५२ हजार ४ सय ९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह २३ दशमलव ८९ अंकले ओरालो लागेको छ । आज लघुवित्त समुह १९ दशमलव ५२ अंकले, जलविधुत समुह १७ दशमलव ७४ अंकले, फाइनान्स समुह ४ दशमलव ४२ अंकले, टे«डिड. समुह २ दशमलव ७९ अंकले र विकास बैँक समहु २ दशमलव २८ अंकले ओरालो लागेको छ।
आज होटल समुहले सबै भन्दा धेरै कमाएको छ। अाज होटल समुुह ४१ दशमलव ९९ अंकले उकालो लागेको छ। आज उतपादनमुलक समुह ३० दशमलव ९५ अंकले,बैँक समुह २ दशमलव ३३ अंकले र अन्य समुह १ दशमलव ३५ अंकले उकालो लागेको छ ।

प्रकाशित : २४ असार २०७५, आईतवार १५:१८