यस्तो छ,’बागमती’बाट दहायाङ बाहिरिनुको भित्री रहस्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ,’बागमती’बाट दहायाङ बाहिरिनुको भित्री रहस्य



12380384_1200055543395142_1477684556_nकाठमाडौै ।  पुस २४ बाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘बागमती’को चर्चा यतिबेला चुलिंदो छ । राजेश हमालको कमब्याक भन्दै प्रचार गरिएको यो फिल्मको निर्माणसँग जोडिएको साउथ ईण्डियन प्रबिधी तथा सार्वजनिक ट्रेलर तथा टिजरको एक्शनले स्वभाविक रुपमा दर्शक तथा फिल्मी सुभचिन्तकहरुमा उत्सुकता बढेको पाईन्छ । यो बीचमा नयाँ खबर बाहिरिएको छ, यो फिल्ममा अर्का स्टार अभिनेता दयाहाङ राईले पनि अभिनय गर्ने पक्कापक्की भएपनि अन्त्यमा उनले स्थान नपाएको कुरा सार्वजनिक भएको हो ।

जानकारीमा आए अनुसार फिल्मको स्कृप्ट पढेर ‘बागमती’मा अभिनयको लागी दयाहाङ तयार भएका थिए, तर अन्त्यमा उनले निभाउनुपर्ने पात्रले ट्रक चलाउनुपर्ने भयो, र त्यसको लागी दयाहाङ फिट भएनन् । ड्राईभिङको अनुभव नभएको बताएपछि निर्माण टिमले ट्रक नै किनेर उनलाई अबसर दिँदा समेत संभावना नदेखिएपछि उनी आउट भएको निर्माता दिनेश दर्शनधारीले बताए ।

तर नाम चलेको स्टारलाई समेट्न नसक्दा पनि उनको स्थान लिएर फिल्ममा आएका रविकर घिमिरेको कामले दर्शकलाई दयाहाङको अभाव महसुस हुन नदिने दाबी निर्देशकले समेत गरेका छन् ।

हाल भारतमै फिल्मको प्रोडक्शनको अन्तिम काममा व्यस्त निर्देशक सन्नि केरालाले फिल्ममा दयाहाङलाई रिप्लेस गर्दै प्रवेश गरेका रविकरको भूमिकाको तारिफ गर्दै उनको नाम नेपालको एक संभावना बोकेको अभिनेताको रुपमा चित्रित गरे । यो फिल्ममा रविकर र हमालसँगै एक्शन किङ शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की लगायत लिड रोलमा छन् ।

प्रकाशित : २ पुष २०७२, बिहीबार १५:३८