महालक्ष्मी विकास बैँककाे शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी विकास बैँककाे शाखा विस्तार



काठमाडाैँ । महालक्ष्मी विकास बैँक लिमिटेले अाफनाे शाखा सञ्जाल विस्तार गर्दै अाषाढ २५ गते बिराटनगर महानगरपालिका वडा नं ०२,  मोरङ्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैँकको ७३ औँ शाखा हो । सोही दिन साबिकको महालक्ष्मी विकास बैंकको धादिङ्ग बेशी शाखाको, धादिङ्ग जिल्ला धुनिबेशी नगरपालिका वडा नं ६, धार्केमा स्थानतरण भएको छ । त्यसै गरी  बैंकको लायन्सचोक नारायणगढ स्थित शाखाको स्थानतरण भई हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा आएको छ ।
महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म रु.२६ अर्ब १० करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको  छ ।

प्रकाशित : २५ असार २०७५, सोमबार १३:१८