स्रोत साधनले भ्याए सम्म सहयोग गर्न प्रजिअलाई मन्त्री सिंहको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्रोत साधनले भ्याए सम्म सहयोग गर्न प्रजिअलाई मन्त्री सिंहको निर्देशन



काठमाडौं। उपप्रधान मन्त्री प्रकाशमान सिंहले भूकम्पपीडितलाई स्रोत साधनले भ्याए सम्म सहयोग गर्न प्रमुख जिल्ला जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भूकम्प अति प्रभावित जिल्लामा मन्त्रीहरुले नै उद्धार तथा राहत वितरणबारे भइरहेको कार्यको अनुगमन गर्ने निर्णय बमोजिम काठमाडौं उपत्यकाको अनुगमन गर्ने जिम्मेवारी पाएका मन्त्री सिंहले मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय विकास अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । मन्त्री सिंहले राहत वितरण, पुनःस्थापनामा देखिएका समस्या तथा चुनौतिका विषयमा जानकारी लिएका थिए ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भत्किएका भौतिक संरचता हटाउन आवश्यक उपकरण तथा जनशक्ति पर्याप्त नभएको, पन्छाएको सामाग्री व्यबस्थापन गर्ने ठाउँको अभाव रहेको, घरबार विहिन भएकाहरुलाई पुनःस्थापनाका लागि समस्या भएको बताएका थिए ।

प्रकाशित : ६ जेष्ठ २०७२, बुधबार ०४:२०