’बागमती’ प्रचारको लागी हमालको साईकल यात्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

’बागमती’ प्रचारको लागी हमालको साईकल यात्रा



काठमाडौ । पौष २४ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म ’बागमती’को प्रचारको लागी जस्तोसुकै अबस्थामा पनि तयार हुने बचन दिएका महानायक राजेश हमाल शनिबार एक फरक कार्यक्रममा देखा परे । उनी किर्तिपुरबाट सुरु भई २० किलोमिटर सम्म चलेको साईकल ¥यालीमा सहभागी भए, अन्य सहभागीहरुसँगै ५ किलोमिटर बढीको यात्रा साईकलमै गरे । जहाँ हमाल बागमतीको प्रचारकै लागी उत्रिएका थिए ।

 

साईकल ¥यालीमा सहभागी तथा उपस्थित अन्य व्याक्तिहरुलाई हमालले रिलिज पश्चात हलमा पुगेर फिल्म हेर्नको लागी आग्रह गरे । सयौं फिल्ममा अभिनय गरिसकेका हमालले ’बागमती’ आम फिल्म भन्दा बिल्कुलै फरक बनेको र यसमा प्रयोग भएको प्रबिधी तारिफ गर्न योग्य रहेको भन्दै ’बागमती’ नेपाली फिल्म उद्योगमा कोशेढुङ्गा साबित हुने ठोकुवा पनि गरे ।
लायन्स क्लब अफ गोल्डेन टाउन र ईन्द्रायणी परिवार क्लब किर्तिपुरको संयुक्त आयोजना तथा ’बागमती’ फिल्मको प्रायोजनमा पर्यावरण पक्षमा तथा मानविय स्वस्थताको लागी साईकल प्रयोग गरौं जस्ता नारासहित सुरु भएको ¥याली किर्तिपुरबाट सुरु भई पाटनढोका, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खु, चोभार हुँदै किर्तिपुर आएर सकिएको थियो । ¥यालीमा फिल्मकर्मी, पेशाकर्मी तथा अन्य विशिष्ट व्याक्तिहरुको समेत उपस्थिती थियो । हमालसँगै फिल्म निर्माता दिनेश दर्शनधारी, अनिश नापित लगायतले शनिबार साईकलमै यात्रा गरे ।
महानायक हमालको कमब्याक भन्दै प्रचार गरिएको बागमतीमा साउथ ईण्डियन निर्देशक सन्नि केरालाले एक्शन कट गरेका छन् । फिल्ममा हमालसँगै शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, रविकर घिमिरे लगायतको अभिनय छ ।

प्रकाशित : ६ पुष २०७२, सोमबार ०२:४८