सहकारीको बेथिति सुधारमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारीको बेथिति सुधारमा जोड



इटहरी  । प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले अबको संघर्ष भनेको सामाजिक न्याय र आर्थिक क्रान्तितिर अघि बढ्नु रहेको बताउनुभएको छ ।

सानीमा सहकारी बचत तथा ऋण सहकारी संस्थाको साताँै वार्षिकोत्सव तथा ज्येष्ठ नागरिक सम्मान र रक्तदान कार्यक्रमलाई  सम्बोधन गर्दै उहाँले सहकारीभित्र मौलाएको बेथितिलाई सुधार गर्दै सम्पूर्ण नागरिकको आर्थिकस्तर सुधार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ९१ वर्षीया पदमकुमारी भट्टराई, ८७ वर्षीय लालबहादुर कार्की, ८५ वर्षीया राधादेवी काफ्ले, ८५ वर्षीय नारायणप्रसाद ढुङ्गेल तथा ७० वर्षमाथि उमेर समूहका अन्य २१ नागरिकलाई दोसल्ला ओढाएर सम्मानसहित सहकारीको शेयर सदस्यता प्रदान गरिनाका साथ ५३ रक्तदाताले रक्तदान गर्नुभएको थियो । सहकारीले जम्मा गरेको उक्त रगत कोशी अञ्चल अस्पताल विराटनगरको रक्त सञ्चार विभागलाई प्रदान गरिएको छ ।

प्रकाशित : २५ असार २०७५, सोमबार १८:३७