जानकी मन्दिर झलमल्ल पारिने



महेन्द्रनगर । जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ । सोमबार गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रोहवरमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीको तर्फबाट छोटे महन्थ रामरोशन दासले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्वलित गर्नका लागि उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्न सक्ने एलइडी चिमको प्रयोग गरिनेछ । मन्दिरको सौन्दर्यकरणलाई अझ बढी उपयोगी बनाउन सौर्य ऊर्जाको प्रयोग गर्ने योजना रहेको एनआरएनका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरणको कार्य गरिनेछ । विद्युतीकरणमा लाग्ने तार, उपकरण, बत्ती आदिको जडानको खर्च एनआरएनले व्यहोर्ने छ । यस वर्षको विवाहपञ्चमी महोत्सवअगावै विद्युतीकरणको कार्य सम्पन्न गरी मन्दिरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको अध्यक्ष भट्टले बताउनुभयो ।

जनकपुरमात्र नभई नेपालकै नाम विश्वस्तरमा चिनाउने एउटा थलो जानकी मन्दिर भएको हुनाले यसको सौन्दर्यकरणका लागि विद्युतीकरणको योजना आउँदा जनकपुरवासी खुशी भएको छोटे महन्थ रामरोशन दासले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्युतीकरणको डिजाइन हेर्दा मन्दिर उज्यालो महल जस्तै देखिने भएको छ ।”

इसं १९१० मा भारतको टिकमगढकी रानी वृषभाणु कुमारीले जानकी मन्दिरको निर्माण गराएकी थिइन् । उक्त समयमा यस मन्दिरको निर्माणमा रु नौ लाख भारतीय खर्च भएको थियो । सोही कारणले यस मन्दिरलाई नौ लख्खा मन्दिर पनि भन्ने गरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ

सेयर बजारको उकालो यात्रा कायमै

काठमाडाैं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५

प्रकाशित मिति २०७८ असार १ देखि