डुंगा सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डुंगा सहयोग



नवलपरासी । विपद्का बेला उद्धार कार्यलाई सहज बनाउन प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी बललाई सहयोग स्वरूप दुई वटा डुंगा उपलब्ध गराएको छ ।

प्रदेश नं ५मा बाढीबाट सबैभन्दा बढी सुस्ताका बासिन्दा जोखिममा परेको खबर आएपछि सुरक्षाकर्मीलाई उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे र सशस्त्र प्रहरी बल विओपी सुस्ताका प्रमुख छविलाल कुँवरलाई संयुक्त रुपमा सो डुंगा हस्तान्तरण गर्नुभएको थियो ।
उहाँले पछि थप डुंगामा पनि उपलब्ध गराउने जानकारी दिँदै सुस्ता क्षेत्रका बासिन्दाको सुरक्षा प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रकाशित : २६ असार २०७५, मंगलवार १३:२२