ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ५ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको बैँक , फाइनान्स र इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएको १६० कम्पनीको ८ लाख ७६ हजार ६ सय ११ कित्त सेयर बाट २८ करोड ७९ लाख ७४ हजार ४ सय ३१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ।आज उतपादनमुलक समुह ७० दशमलव ५२ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह २ दशमलव १५ अंकले,अन्य समुह १ दशमलव ९९ अंकले,होटल समुह १ दशमलव ४१ अंकले, लघुवित्त समुह ० दशमलव ५३ अंकले र विकास बैँक समुह ० दशमलव ४७ अंकले ओरालो लागेको छ।
आाज इन्स्योरेन्स समुह ५ दशमलव ३अंकले,बैँक समुह १ दशमलव ४५ अंकले र फाइनान्स समुह ० दशमलव ०७ अंकले उकलो लागेको छ।

प्रकाशित : २६ असार २०७५, मंगलवार १५:२१