फलफूलका बिरुवा वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फलफूलका बिरुवा वितरण



 तेह्रथुम ।छथर गाउँपालिकाले कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि तीन हजार कृषकलाई २२ हजार ६ सय भन्दाबढी बिरुवा वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७४÷७५ को गाउँसभाबाट विनियोजित रकमले गाउँपालिकाले विभिन्न पकेट क्षेत्रको रुपमा तरकारी तथा फलफूलका बिरुवा वितरण गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । गाउँपालिकाको तमोरले छोएको सुख्खाग्रस्त क्षेत्रमा लिची, आँप र अनारका बिरुवा कृषकलाई निःशुल्क वितरण गरिएको हो ।

गाउँपालिकाको मध्यभागमा सुन्तला र कागतीका बिरुवा भने ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । माथिल्लो क्षेत्रमा तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि काउली, बन्दागोभी, मुला, गाँजर र अकबरे खुर्सानीको बीउ वितरण गरिएको छ ।

प्रकाशित : २६ असार २०७५, मंगलवार १५:३७