बिमा रकम लिन बस जलाउँदै मालिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिमा रकम लिन बस जलाउँदै मालिक



BIma_CAsh_301431362रौतहट । तराईमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बिमा रकम लिनका लागि आफ्नो बसमा आफै आगजनी गर्न थालेका छन् ।
आन्दोलनकारीले बसमा आगो लगाएको देखाएर मालिकले नै पुरानो बसको बिमा रकम लिन आफै बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । रौतहटको चन्द्रपुर–८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार विहान एक यात्रुबसमा बसका कर्मचारी आफैले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ ।

यस्तै घटना दुई साताअघि बाराको निजगढ–पथलैया सडक खण्डमा पनि भएको थियो । मंसिर १९ गते बसका मालिक र चालकको मिलेमतोमा निजगढबाट हेटौडाँ चल्ने ना ४ ख ३२१६ नम्बरको बसमा आगजनी भएको अन्नपूर्ण पोष्टले लेखेको छ ।

प्रहरीले शंका लागेर अनुसन्धान गर्दा फाइनान्सका नाममा उक्त बस रहेको र बिमा रकम लिनका लागि चालकलाई पैसाको लोभ देखाएर मालिकले नै आगजनी गराएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादु्र मल्लले बताए ।

प्रकाशित : ६ पुष २०७२, सोमबार ०२:५८