पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै



पूर्णप्रसाद मिश्र

काठमाडौँ । गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ ।

गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ ।

सूर्यघाट क्षेत्रलाई ध्यान केन्द्रका रुपमा विकास गर्न पशुपति क्षेत्र विकास कोषले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि रु एक करोड ५० लाख बजेट छुट्याएको सदस्य सचिव डा प्रदीप ढकालले  जानकारी दिनुभयो ।

“छ महिनामा ध्यान केन्द्र तयार हुनेछ, केन्द्र तयार भएपछि निश्चित दिनका लागि ध्यान गर्न चाहनेलाई केन्द्र उपलब्ध गराइन्छ, केन्द्रमा बसेर ध्यान गर्न चाहनेले तोकिएको शुल्क पनि तिर्नुपर्छ”–उहाँले भन्नुभयो ।

आगामी शिवरात्रिसम्म ध्यान केन्द्र निर्माण गरिसक्ने कोषको योजना छ । पशुपति क्षेत्रमा सबैभन्दा पुरानो अभिलेख भएको वाग्मती किनारको सूर्यघाटक्षेत्र सिद्धस्थल मानिन्छ । सूर्यघाट क्षेत्रको गुफामा गुरु गोरखनाथ, शिवपुरी बाबा, खप्तड स्वामीलगायतका सिद्ध पुरुषले साधना गरेको अभिलेख पाइएको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले बताउनुभयो ।

पूर्वी मोहडा भएको र पूर्वमा वाग्मती बगेकाले सूर्यघाट क्षेत्रका गुफा साधनाका लागि महत्वपूर्ण मानिन्छन् । वाग्मतीको कन्दराबाट पूर्व फर्केर बिहान अघ्र्यदान गर्नु उत्तम हुने शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । सूर्यघाटमा पाइएको विजयमतीको अभिलेख पशुपति क्षेत्रकै पुरानो मानिन्छ ।

मृगस्थली र विश्वरुप क्षेत्रमा पनि मण्डप निर्माण गरी ध्यान गर्ने स्थान बनाइँदैछ । जंगलको बीचमा व्यक्ति व्यक्तिले बसेर ध्यान गर्न सक्ने गरी मण्डप निर्माण गर्न लागिएको हो । पशुपति क्षेत्रका सबै स्थानमा कोषले नै ध्यान केन्द्र बनाउने जनाएको छ ।

 

 

प्रकाशित : २६ असार २०७५, मंगलवार १६:४६