एनआईसी एशिया बैंकको एकैसाथ २ शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनआईसी एशिया बैंकको एकैसाथ २ शाखा विस्तार



काठमाडाैं  । एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु एकै साथ विस्तार भएको छ । अमरगढी, डडेल्धुरास्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र दिपायल सिलगढी, डोटीस्थित दिपायल शाखा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीबाट मंगलबार एक समारोहका बीच उुद्घाटन भएको हो ।

उक्त बैंकको मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७७ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको उक्त बैंकको दावी छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

प्रकाशित : २६ असार २०७५, मंगलवार १८:५६