मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर विक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर विक्री खुल्ला



काठमाडौं  /  मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको (आज) बुधबारदेखि हकप्रद सेयर विक्री खुल्ला भएको छ ।
कम्पनीले १ः१ अनुपातमा ४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । लगानीकर्ताले साउन २९गतेसम्म हकप्रद भर्न पाउनेछन् ।
१०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद जेठ १७ गतेसम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् ।
कहाँबाट आवेदन दिने ?

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ ।

प्रकाशित : २७ असार २०७५, बुधबार ११:०३