नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी



चितवन ।  नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो ।

सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उहाँले तलबाट नदीले खोलेर भाँसिएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।

आज विज्ञहरुको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताउनुभयो । नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ । एकलेन थप्न करीब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने बताइएको छ ।

अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य शुरु गरिएको छ । सोही ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भाँसिएर रक स्वायल एङ्करिङ गरिएको बताउनुभयो ।

भित्तोमा ड्रिल गरी १०÷१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङकरिङ भनिन्छ । सोही ठाउँको रक एङकरिङले काम गर्न छोडेर धसिएको पनि हुनसक्ने अनुमान गरिएको छ ।

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सोही सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवातजावत गर्दछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
नेपाल एयरलाइन्सको निजीकरणको कामलाई यथावस्थामा राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को निजीकरणको कामलाई यथावस्थामा राख्न सर्वोच्च

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड

मेवा खोला हाइड्रोपावरमा लगानी जुट्यो, सात वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौ । प्रदेश नंं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्गगा.वि.स.

उत्पादनबृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिदैनः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान

प्रकाशित मिति २०७८ असार १ देखि