मलेसियन एक्जियटा ग्रुपले किन्यो एनसेल,१ खर्ब ४० अर्ब भ्यालुएशनमा ८० प्रतिशतको हिस्सा खरिद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मलेसियन एक्जियटा ग्रुपले किन्यो एनसेल,१ खर्ब ४० अर्ब भ्यालुएशनमा ८० प्रतिशतको हिस्सा खरिद



काठमाडौं । नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल मलेसियन एक्जियटा ग्रुपले किनेको छ । एसियाकै ठुलो टेलिकम भएको दाबि गर्ने मलेसियाको टेलिकम कम्पनि एक्जियटा कम्पनिले नेपालको कर्पोरेट दुनियाँमा नयाँ इतिहास बनाउदै १ खर्ब ४० अर्ब रुपैया भ्यालुएशनमा ८० प्रतिशत एनसेलको हिस्सा खरिद गरेको हो ।

एनसेलको प्यारेन्ट कम्पनि टेलियासोनेराले आफूसँग भएको ६० दशमलब ४ प्रतिशत सेयर १०३० मिलियन अमेरिकी डलरमा बिक्री गरेको जनाएको छ । एनसेलको औपचारिक स्वामित्वमा रहेको २० प्रतिशत शेयर ४ करोड ८० लाख डलर अर्थात करिब ४ अर्ब ८० करोड रुपैयाँमा बिक्री गरेको छ ।

टोलियासोनेराले विज्ञप्ती जारी गर्दै एक्जियटाले भाइजर समूहसँग रहेको १९ दशमलब ६ प्रतिशत सेयर समेत किनेको जनाएको छ । उसले कम्पनीको ८० प्रतिशत सेयर आफ्नो स्वामित्वमा राख्ने भएको छ ।

बिज्ञप्तिमा उल्लेख गरिएको छ, वैदेशिक लगानीमा कम्पनी सञ्चालन गर्दा कम्तिमा २० प्रतिशत नेपाली नागरिकको लगानी हुनुपर्ने कानूनी प्रावधान अनुसार एक्जियटाले भावना सिंह श्रेष्ठलाई स्थानीय साझेदारको रुपमा छानेको छ । जस अनुसार यसअघिका स्थानीय साझेदार रहेका निरज श्रेष्ठले आफ्नो २० प्रतिशत सेयर भावना सिंहलाई बिक्री गरिएको हो ।

मलेसियन कम्पनी एक्जियटा समूहले एसियाका विभिन्न देशमा मोबाइल सेवा सञ्चालन गर्दै आएको छ । टेलियासोनेराले गत सेप्टेम्बरमा नै विज्ञप्ती जारी गर्दै नेपाल लगायतका सात देशबाट बाहिरिने जनाएको थियो ।

प्रकाशित : ६ पुष २०७२, सोमबार १३:३१