पासाङल्हामु राजमार्ग अवरुद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पासाङल्हामु राजमार्ग अवरुद्ध



रसुवा .गएरातिदेखि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार कालिका गाउँपािलका– १ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा डोजर बिग्रिएपछि सवारी आवागमन बन्द भएको छ ।

बिग्रिएको डोजर मर्मत गर्ने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका विभिन्न ठाउँमा थन्किएका प्रजिय पौडेलले जानकारी दिनुभयो ।

सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : २७ असार २०७५, बुधबार १२:४०