महालक्ष्मी विकास बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक र बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंकासुरेन्स सम्झौता भएको छ । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको हो ।

यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लब पन्तले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोह बीच उक्त बैंकासुरेन्सको सम्झौता भएको हो ।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको बैंकका दाबी छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म रु. २६ अर्ब १२ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको बैंक स्रोतले बताए ।

प्रकाशित : २७ असार २०७५, बुधबार १९:१०