पाल्पा बस दुर्घटना ः घाइतेको उद्धार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

पाल्पा बस दुर्घटना ः घाइतेको उद्धार



पाल्पा / तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ ।

घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो ।

प्रकाशित : २८ असार २०७५, बिहीबार ०८:५५