शिवम् सिमेन्ट५ ० केजीकै दाममा ५५ केजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

शिवम् सिमेन्ट५ ० केजीकै दाममा ५५ केजी



shivam-sement-383x335काठमाडौ । शिवम् सिमेन्ट लि. ले नेपाली बजारमा “५० के.जी. कै दाममा ५५ के.जी.” योजना ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले अब शिवम् सिमेन्टको प्रत्येक ५० के.जी. को बोराकोे खरीदमा थप ५ के.जी. सिमेन्ट प्राप्त गर्नेछन् भने उक्त बोराको मूल्य भने ५० के.जी. बोराकै बराबर रहनेछ । उक्त योजना सीमित अवधिका लागि नेपाल अधिराज्यभर लागु गरिएको छ ।
शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्ट हो । नेपालका केन्द्र भाग हेटौँडामा अवस्थित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकरका साथै शिवम् ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

“गुण्स्तरको पहिचान हो शिवम्” तथा “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

प्रकाशित : ६ पुष २०७२, सोमबार १५:१३