Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १३ दशमलव ६६ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६३ कम्पनीको १६ लाख २० हजार ८ सय ८० कित्त सेयर बाट ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ७ दशमलव ५८ अंकले ओरालो लागेको छ । आज होटल समुुह ३७ दशमलव ६५ अंकले, लघुवित्त समुह ३६ दशमलव ०६ अंकले, जलविधुत समुह २१ दशमलव ७ अंकले, विकास बैँक समुह १८ दशमलव ८३ अंकले, बैँक समुह १० दशमलव ३१ अंकले, फाइनान्स समुह ३ दशमलव ८७ अंकले, टे«डिड. समुह ० दशमलव ८४ अंकले, र अन्य समुह ० दशमलव ५१ अंकले ओरालो लागेको छ।
आज उतपादनमुलक समुहभने उकालो लागेको छ । आज उतपादनमुलक समुह २ दशमलव ८ अंकले उकालो लागेको छ।

प्रकाशित : २८ असार २०७५, बिहीबार १५:२६