रोकिएन पोलिथिन झोलाको प्रयोग



ललितपुर। पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ ।

प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म पसलेले सामान बेच्नका लागि प्लास्टिककै झोला दिने र उपभोक्ताले लैजाने गरेको उक्त विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताउनुभयो । सहज रुपमा किन्न पाइने हुँदा पसलले यसको प्रयोग कम गरेका छैनन् भने उपभोक्ताले पनि सित्तैमा पाइने भएपछि अन्य झोला नबोक्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ वातावरण मन्त्रालय र उद्योग मन्त्रालय बसेर छलफल गरेर समाधान निकाल्न सहज हुन्छ । ”

काठमाडौँ उपत्यका र उपत्यका बाहिरका शहरी क्षेत्रमा प्लास्टिकका कारण वातावरण प्रदूषण बढ्दो छ । केही वर्षपहिले विभागले व्यापक रुपमा अनुगमन गरेर मापदण्डभन्दा पातला झोला जफत गरेको थियो । विभागले त्यतिबेला जफत गरेकै झोलाको अझै व्यवस्थापन हुन सकेको छैन । उहाँले भन्नुभयो, “उत्पादन गर्नेलाई कारबाहीभन्दा पनि उत्पादन नगराउनु उचित हुन्छ ।” वातावरण सफाइका लागि कपडाको झोलाको महत्वका बारेमा विभागले देशका विभिन्न भागमा सचेतना कार्यक्रम गरिरहेको छ ।

प्लास्टिकको झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८ (संशोधन २०७१) ले नेपालभर ३० माइक्रोनभन्दा पातला झोला आयात, भण्डारण र बिक्री–वितरणमा रोक लगाएको छ । कतिपय नगरपालिकाहरुले पनि पोलिथिन झोला प्रयोग नगर्न÷नगराउन कडाइ गर्न थालेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

प्रकाशित मिति २०७८ असार १ देखि