आँखुखोला जलविद्युत कम्पनीको आइपीओ कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आँखुखोला जलविद्युत कम्पनीको आइपीओ कहिले ?



काठमाडाै । आँखुखोला जलविद्युत कम्पनीले प्राथमिक शेयर (आइपीओ)निष्काशन गर्ने अनुमति पाएको छ। आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलार्इ शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको हो।

आयोजनाले क्रेडिट रेटिङ इक्रा एनपी आइपिओ ग्रेड ५ पाएको छ। कम्पनीले प्रभावित क्षेत्रको लागि जम्मा निष्काशनको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँको शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ।

धादिङको सल्यानकोट र मारपाकमा निर्माण भएको ८.४ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत २८ करोड १० लाख रुपैयाँ रहेको छ।

प्रकाशित : २९ असार २०७५, शुक्रबार ११:००