काठमाडाैं सहकारी संघकाे साधारणभा पुस ३० मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

काठमाडाैं सहकारी संघकाे साधारणभा पुस ३० मा



1060053_10207137896918204_1596496651_nकाठमाडाैं । जिल्ला सहकारी संघ काठमाडाैंकाे १६ अाैं बार्षिक साधारणसभा पुस ३० गते हुने भएकाे छ । संघकाे मंसिर २७ गते बसेकाे संचालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे ।

संघले साधारणसभामा भाग लिन अाउँदा सदस्य संस्थाका प्रतिनिधिले संघ/संस्थाबाट मनाेनयन भएकाे पत्र र परिचय खुल्ने परिचयपत्र लिएर अाउन अनुराेध गरेकाे छ । त्यस्तै एक व्यक्ति एक संघ/संस्थाकाे प्रतिनिधि मात्र हुन पाइने व्यवस्था गरेकाे छ ।

गत फागुन १५ गते भएकाे १५ अाैं साधारण सभाले टेकप्रसाद चौलागाईकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे थियाे ।

प्रकाशित : ६ पुष २०७२, सोमबार १५:१६