मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबिच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबिच सम्झाैता



काठमाडाै  । मुक्तिनाथ विकास बैंक लि.र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.बिच बैंकास्योरेन्स,सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत   पोषक राज पौडेलले हस्ताक्षर गर्नुभएको बैंकबाट जारी विज्ञप्तीमा जनाएको छ ।

उक्त सम्झौता भए पश्चात सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंक लि. को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने छन् ।

प्रकाशित : २९ असार २०७५, शुक्रबार १८:२२